Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

लुम्बिनीको राजधानी बसाउनेबारे अध्ययन गर्न विदेशी विज्ञको टोली दाङ जाँदै

लुम्बिनीको राजधानी बसाउनेबारे अध्ययन गर्न विदेशी विज्ञको टोली दाङ जाँदै

  • शुक्रवार, कार्तिक १८ २०७९

  • 861
    SHARES

  • लुम्बिनीको राजधानी बसाउनेबारे अध्ययन गर्न विदेशी विज्ञको टोली दाङ जाँदै
    काठमाडौं । लुम्बिनी प्रदेशको व्यवस्थित राजधानी शहर बसाउने विषयमा स्थलगत अध्ययन गर्न विदेशी विज्ञहरूको टोली दाङको देउखुरी उपत्यका जाने भएको छ । प्राकृतिक विपद्सँग सम्बन्धित विदेशी विज्ञहरूको टोली भोलि दाङ देउखुरी जाने भएको हो ।
     
    भोलि सानो टोली मात्र जाने र त्यसको केही दिनपछि अर्को ठुलो टोली लामो समयसम्म देउखुरी क्षेत्रमै बसेर अध्ययन गर्न जाने प्रदेश पूर्वाधार विकास प्राधिकरणका सीईओ छविराज पोख्रेलले जानकारी दिनुभयो ।
    पोख्रेलका अनुसार देउखुरी आउ–जाउ गर्ने, खाने–बस्ने र अध्ययन अनुसन्धान गर्ने सबै खर्च उनीहरूले नै व्यहोर्नेछन् । 
     
    ललितपुरको हिमालय होटेलमा मंगलबारदेखि शुक्रबारसम्म चलेको ‘टुमारो सिटी’ (भोलिको शहर) सम्मेलनमा सहभागी बेलायत, टर्की, केन्या र इक्वेडरका विज्ञहरूको टोलीले अध्ययनका लागि दाङको देउखुरी उपत्यका चयन गरेको हो ।
     
    नयाँ बस्ती तथा पूर्वाधार बनाउँदा भविष्यको पूर्वआंकलन गर्दा जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने भएकाले अध्ययन गर्न लागिएको बताइएको छ । राप्ती नदीका दुवै किनारमा ठुलो सहर बसाल्ने सरकारको योजना छ ।
     


    शुक्रवार, कार्तिक १८ २०७९०८:३०:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij