Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

तोसिमा कार्कीको उम्मेदवारी खारेजीको माग गर्दै आयोग सर्वोच्च पुग्यो

तोसिमा कार्कीको उम्मेदवारी खारेजीको माग गर्दै आयोग सर्वोच्च पुग्यो

  • शुक्रवार, कार्तिक १८ २०७९

  • 625
    SHARES

  • तोसिमा कार्कीको उम्मेदवारी खारेजीको माग गर्दै आयोग सर्वोच्च पुग्यो

    काठमाडौँ. राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ की उम्मेदवार डा तोसिमा कार्कीको खारेजीको माग गर्दै निर्वाचन आयोग सर्वोच्चमा पुगेको छ ।

    निर्वाचन आयोगले ‘लाभको पद’का सन्दर्भमा सर्वोच्च अदालतको एकल इजलासबाट गरिएको प्रारम्भिक व्याख्यामा आपत्ति जनाउँदै त्यसको खारेजीको माग राखी निवेदन दिएको छ ।

    कार्कीको मनोनयन कायम राख्ने सर्वोच्च अदालतको एकल इजलासबाट भएको अन्तरिम आदेशमा आयोगको असहमति प्रकट गरेको हो ।

    सर्वोच्च अदालतबाट आदेश र म्याद तामेल नहुँदै अनौपचारिक रुपमा त्यसको कानूनी प्रतिवाद गर्ने तयारी थालेको निर्वाचन आयोगले म्याद बुझेको केही घण्टामै अन्तरिम आदेश खारेज हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा निवेदन दिने निर्णय गरेको हो ।

    निर्णय लगत्तै ११ पेज लामो निवेदन लिएर निर्वाचन आयोगको टोली सर्वोच्च अदालत पुगिसकेको छ ।


    शुक्रवार, कार्तिक १८ २०७९०५:२९:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij