Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

ओखलढुंगामा चिर्पट प्रहार गरेर श्रीमतीको हत्या

ओखलढुंगामा चिर्पट प्रहार गरेर श्रीमतीको हत्या

  • शनिवार, कार्तिक १९ २०७९

  • 645
    SHARES

  • ओखलढुंगामा चिर्पट प्रहार गरेर श्रीमतीको हत्या

    काठमाडौं । ओखलढुंगाको सिद्धिचरण नगरपालिक–११ सोब्रुमा एक महिलाका हत्या भएको छ । श्रीमान् रामबहादुर राईले चिर्पट प्रहार गर्दा ३३ वर्षीय कल्पना खड्का राईको ज्यान गएको हो । श्रीमान श्रीमतीबीच सामान्य विवाद हुँदा मादक पदार्थ सेवन गरेका राईले श्रीमतीलाई चिर्पट प्रहार गरेको बुझिएको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो ।

    सोलुखुम्बु जिल्लाको नेचा सल्यान गाउँपालिका घर भई ३ वर्षअघि देखि यहाँ बसोवास गर्दै आएका आरोपित राईलाई प्रहरीले पक्राउ गरेको छ ।

    हिजो साँझ ७ बजेतिर घटना घटेको भए पनि स्थानीयले प्रहरीलाई आज बिहान मात्रै खबर गरेको थियो । घटनाको विषयमा अनुसन्धान भइरहेको र शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।


    शनिवार, कार्तिक १९ २०७९०२:४८:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij