Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गोरखामा कोरोनाका कारण थप एक जनाको मृत्यु

गोरखामा कोरोनाका कारण थप एक जनाको मृत्यु

  • आइतवार, भाद्र २१ २०७७

  • 1.1K
    SHARES

  • गोरखामा कोरोनाका कारण थप एक जनाको मृत्यु

    गोरखा अस्पतालमा उपचारक्रममा हिजो मृत्यु भएकी ७५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा नगरपालिका–७ की ती महिलालाई हिजो अचेत अवस्थामा अस्पताल ल्याइएको थियो ।

    मस्तिष्कघात भएको उनको उपचारकै क्रममा मृत्यु भएको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो । ती महिलाको परिवार सदस्यलाई शुक्रबार कोरोना पुष्टि भएको थियो ।

    कन्ट्याक्ट ट्रेसिङका क्रममा उनको पनि स्वाब संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । आज आएको रिपोर्टमा उनलाई कोरोना पुष्टि भएको पाइएको अस्पतालका सूचना अधिकारी ढकालले बताउनुभएको छ ।


    आइतवार, भाद्र २१ २०७७१२:११:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij