Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच पुग्नुपर्छ-राष्ट्रपति भण्डारी

स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच पुग्नुपर्छ-राष्ट्रपति भण्डारी

  • आइतवार, कार्तिक २० २०७९

  • 488
    SHARES

  • स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच पुग्नुपर्छ-राष्ट्रपति भण्डारी

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचमा राज्यले जोड दिनुपर्ने बताउनु भएको छ । उहाँले संविधानमै स्वास्थ्य सेवा लिन पाउने सबै नागरिकको हक स्थापित गरिएकाले स्वास्थ्यमा सबैको पहुँच हुनुपर्ने बताउनुभयो ।

    आज सर्वोच्च शिखर सगरमाथा जाने मार्ग सोलुखुम्बुको फाक्दिङमा निर्मित १५ शय्याको ‘हिमालयन शेर्पा अस्पताल’को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सो कुरा बताउनुभएको हो ।

    सो अस्पतालबाट स्थानीय नागरिककासाथै आन्तरिक र विदेशी पर्यटकलाई ठूलो मद्दत पुग्ने बताउदै उहाँले अस्पताललाई आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापनमा ध्यान दिन आग्रह गर्नुभयो ।

    साथै उहाँले स्वास्थ्य क्षेत्रमा पहुँच बिस्तार गर्न स्थानीय तहको सहयोग जरूरी हुने भएकोले यसतर्फ ध्यान पुराउन पनि स्थानिय तहलाई सचेत गराउनुभयो ।

     


    आइतवार, कार्तिक २० २०७९०४:४५:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij