एजेन्सी । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड ६७ लाख नाघेको छ । हालसम्म कोरोना संक्रमणबाट ८ लाख ७६ हजार ९ सय २८ जनाको मृत्यु भइसकेको छ भने १ करोड ७८ लाख ४ हजार १ सय ९३ जना निको भइसकेका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार कोरोनाको खोप सर्बसुलभ हुन अझै एक वर्ष लाग्छ ।
यसैबीच, चीनले भने कोरोविरुद्ध खोप आफूले बनाएको दाबी गरेको छ । चीनले आफ्नो देशमा यो खोपको सफल परीक्षण गरिसकेकोसमेत बताएको छ ।
कोरोनाविरूद्ध चीनले तयार पारेको खोप थप ४ देशमा परीक्षण हुने भएको छ ।
चाइना नेशनल बायोटेक ग्रुप र सिनोब्याक बायोटेक लिमिटेडले थप चार देशले कोरोना भ्याक्सिनलाई अन्तिम चरणको क्लिनिकल ट्रायलका लागि अनुमति दिएको जनाएको हो ।
सर्बिया र पाकिस्तान ट्रायलको तेस्रो चरणका लागि सहमत हुने देशको सूचीमा समावेश छन् भने अन्य दुईले कम्पनीबाट थप डाटा माग गरेको बिबिसीमा उल्लेख छ ।