Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

१८ अर्ब १० करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

१८ अर्ब १० करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

  • सोमवार, कार्तिक २१ २०७९

  • 497
    SHARES

  • १८ अर्ब १० करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक
    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज १८ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले कात्तिक २२ गते भोलि जारी हुने २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिलको आज बोलकबोल गर्ने भएको हो । 
     
    राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ७ अर्ब १० करोड रुपैयाँ र १८२ दिनका लागि ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्नेछ । यी ट्रेजरी बिल क्रमशः मंसिर २०, माघ २४ गते र २०८० वैशाख २६ गते परिपक्व हुनेछन् । 
     
    यी ट्रेजरी बिलको आज दिउँसो २ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् । 
     
    बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ । ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।
     


    सोमवार, कार्तिक २१ २०७९०८:३७:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij