Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति भण्डारी आज आइसल्यान्ड जाँदै

राष्ट्रपति भण्डारी आज आइसल्यान्ड जाँदै

  • सोमवार, कार्तिक २१ २०७९

  • 620
    SHARES

  • राष्ट्रपति भण्डारी आज आइसल्यान्ड जाँदै

     

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी ‘रेक्युभिक ग्लोबल फोरम’ मा सहभागिता जनाउन आज साँझ आइसल्यान्डको रेक्युभिकमा जाँदै हुनुहुन्छ । उक्त फोरममा विश्वभरबाट महिला नेतृहरुले भाग लिँदै छन् ।

    परराष्ट्र मन्त्रालयका अनुसार उक्त कार्यक्रम सोमबारदेखि कात्तिक २४ सम्म हुनेछ । उक्त फोरम आइल्यान्डको सरकारको महिला राजनीतिक नेतृत्व (डब्लुपीएल) र आइसल्यान्डको संसदको सह–आयोजक हुन लागेको हो । उक्त टोलीमा राष्ट्रपति कार्यालयका सचिव यादव कोइराला, परराष्ट्र सचिव भरतराज पौड्यालसहित राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरू गरी १७ सदस्यीय टोली हुनेछ ।

    सन् २०१८ मा सुरु गरिएको उक्त फोरममा राजनीतिक, व्यवसाय, नागरिक समाज, शिक्षा, कला र मिडिया लगायतका क्षेत्रहरूमा महिला नेताहरूलाई वार्षिक रुपमा बोलाइन्छ । यो लैंगिक समानता, सशक्तीकरण र महिला नेतृत्वमा उत्कृष्ट अभ्यासहरूमा विचार आदान(प्रदान गर्ने एक मन्च हो ।

    उक्त अवसरमा महिला राजनीतिक नेतृत्व (डब्लूपीएल) ले राष्ट्रपति भण्डारीलाई यस वर्षको प्रतिष्ठित डब्लूपीएल ट्रेलब्लेजर अवार्डद्वारा सम्मानित गर्ने निर्णय गरेको छ । उक्त अवार्ड प्रमुख महिला राजनीतिज्ञहरूको उपलब्धिको कदर गर्दै वर्तमान र पूर्वमहिला राष्ट्रपति तथा प्रधानमन्त्रीहरूलाई दिने गरिन्छ ।

    मन्त्रालयका अनुसार भ्रमणका दौरान राष्ट्रपतिले अवार्ड ग्रहण गर्ने र मन्तव्य दिनुहुने छ । राष्ट्रपतिको टोलीमा राष्ट्रपतिमा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी सहभागी हुनेछन् । उहाँ कात्तिक २६ मा नेपाल फर्कने कार्यक्रम रहेको छ ।


    सोमवार, कार्तिक २१ २०७९०१:५८:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij