काठमाडौँ, नेपाली काँग्रेसका नेता तथा गठबन्धनबाट चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार उमेश श्रेष्ठले १० हजार युवालाई रोजगार दिने बताउनुभएको छ ।
चुनावी प्रसारका लागि घरदैलो अभियानका क्रममा उहाँले चितवनमा राष्ट्रिय, बहुराष्ट्रिय उद्योगहरु भित्र्याएर चितवन २ का कम्तीमा १० हजार युवालाई रोजगारी दिने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
उहाँले शक्तिखोर औद्योगिक क्षेत्र निर्माण गरेर थप हजारौं रोजगारी सृजना गर्न सकिने सम्भावना देखाउदै इच्छाकामनाका पहाडहरुमा लघुउद्यम सञ्चालन गरेर त्यहाँको समग्र आर्थिक विकास र रोजगार सृजना गर्ने बताउनुभयो ।
क्षेष्ठले महिलाहरूलाई स्वरोजगार बन्न तालिम प्रदान गर्ने, युवाहरूलाई विभिन्न सीपमुलक तालिम दिने र विदेशिनु पर्ने बाध्यता हटाएर यही ठाउँमा काम गर्न सक्ने गरी वातावरण बनाउने वाचा गर्नुभयो ।