Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री बन्नकै लागि म सांसद निर्वाचित हुनुपर्छ : गगन थापा

प्रधानमन्त्री बन्नकै लागि म सांसद निर्वाचित हुनुपर्छ : गगन थापा

  • मंगलवार, कार्तिक २२ २०७९

  • 732
    SHARES

  • प्रधानमन्त्री बन्नकै लागि म सांसद निर्वाचित हुनुपर्छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा नेतृत्व परिवर्तनका लागि आफूलाई संसदमा निर्वाचित गरेर पठाउनुपर्ने बताउनुभएको छ । आफू सांसद भएमात्रै कांग्रेस भित्र संसदीय दलको निर्वाचनमा प्रतिस्पर्धा हुने र सरकारको नेतृत्व परिवर्तन सम्भव हुने उहाँको भनाई थियो ।

    पार्टीको काभ्रे–काठमाडौं सम्पर्क समन्वय समितिले मंगलबार आफ्नै निर्वाचन क्षेत्र काठमाडौं–४ मा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उहाँले आफूले निर्वाचन जितेर गए कांग्रेसमा मात्रै संसदीय दलको निर्वाचन हुने र मतदाताले चाहे अनुसारको नेतृत्व परिवर्तन हुने पटकपटक दोहो¥याउनुभयो। त्यसका लागि काठमाडौं क्षेत्र नम्बर ४ का अगुवाहरुले आफूलाई जिताउनका लागि बाँकि समय लागिदिनुपर्ने महामन्त्री थापाको अनुरोध थियो । महामन्त्री थापाले संसदीय व्यवस्थामा संसदमा जितेमात्रै संसदीय दलमा निर्वाचन लड्न पाउने भएकाले त्यसका लागि आफूलाई निर्वाचित गराउन सबैले सहयोग गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले आफूलाई सांसदमा निर्वाचन गराएर पठाए १० वर्षमा मुलुकको राजनीतिकलाई पूरै सुधार गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।


    महामन्त्री थापाले अबको निर्वाचनपछि पनि मतदाताको प्रतिष्ठा राख्ने काम सांसदहरुले नगरे मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थानै नरहने चेतावनी समेत दिनुभयो । जनप्रतिनिधिहरुले अव पनि मतदाताहरुमाथि निर्वाचनमा गरेको बाचा अनुसार काम नगरे उनीहरुले फेरी चुनाव लडन नपाउने पनि उहाँले बताउनुभयो ।

    महामन्त्री थापाले सत्तारुढ गठबन्धनको आगामी निर्वाचनपछि बहुमत आउने दावी गर्दै त्यसपछि पाँच वर्षसम्म एकतावद्ध भएर जनताको भावना अनुसार काम गर्न प्रतिवद्ध हुनुपर्ने पनि बताउनुभयो । महामन्त्री थापाले नागरिकमा निराशा छाएको भन्दै उनीहरुलाई आशा जगाउने गरी काम गर्न नसकिए आक्रोश छाउने र मुलुक बर्बाद हुने बताउनुभयो ।


    मंगलवार, कार्तिक २२ २०७९०३:०८:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij