Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

विरोध खतिवडाको गालामा दुई झापड

विरोध खतिवडाको गालामा दुई झापड

  • मंगलवार, कार्तिक २२ २०७९

  • 11.4K
    SHARES

  • विरोध खतिवडाको गालामा दुई झापड

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एवं गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरोध खतिवडालाई एक स्थानीयले हातपात गरेका छन् ।

    पश्चिम मकवानपुरको मनहरी गाउँपालिका-४ मा भोट माग्न पुगेका खतिवडा आफ्नो गाडीबाट ओर्लनसाथ अन्दाजी ५० वर्षका पुरुषोत्तम खड्काले दुई झापड हानेको स्थानीयले बताएका छन् ।

    उम्मेदवारमाथि हातपात भएपछि इलाका प्रहरी कार्यालय नेवारपानीले खड्कालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको छ ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको बताउनुभयो। उम्मेदवारमाथि अभद्र व्यवहार भो भन्ने थाहा पाएपछि खड्कालाई पक्राउ गरिएको उहाँले बताउनुभयो।

    खड्का माओवादी केन्द्रका कार्यकर्ता रहेको बताइएको छ ।


    मंगलवार, कार्तिक २२ २०७९०३:५४:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij