Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ओलीको गठबन्धन देशलाई द्वन्दतिर धकेल्ने गठबन्धन हो- बाबुराम भट्टराई

ओलीको गठबन्धन देशलाई द्वन्दतिर धकेल्ने गठबन्धन हो- बाबुराम भट्टराई

  • मंगलवार, कार्तिक २२ २०७९

  • 755
    SHARES

  • ओलीको गठबन्धन देशलाई  द्वन्दतिर धकेल्ने गठबन्धन हो- बाबुराम भट्टराई

    काठमाडौं,पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमाले नेतृत्वको गठबन्धन देशलाई द्वन्द्वतर्फ ढकेल्ने गठबन्धन भएको आरोप लगाउनु भएको छ ।

    आज काठमाडौँमा आयोजित संविधानको प्रवर्द्धनमा निर्वाचनको भूमिका विषयक कार्यक्रममा सम्बोधन गर्दै उहाँले एमाले अध्यक्ष केपी ओली गठबन्धनले संविधान भत्काउने खतरा बढेको बताउनुभएको हो ।

    उहाँले ओलीले नेतृत्व गरेको गठबन्धन संविधानलाई भत्काउने, नेपालमा जातीय एकता खल्वलाउने, नेपालको जटिल भूराजनीति भत्काएर देशलाई द्वन्द्वतर्फ ढकेल्ने गठबन्धन भएको आरोप लगाउनुभयो।

    उहाँले एमालेको गठबन्धन पश्चगामी र आफूहरूको गठबन्धन अग्रगामी गठबन्धन भएको तर्क गर्नुभयो।

    अहिलेको निर्वाचन सामान्य निर्वाचन मात्रै नभएको भन्दै यो एक प्रकारको संविधान भत्काउने वा जोगाउने भन्ने जनमत संग्रह भएको बताउनुभयो ।

    भट्टराईले राजावादी कम्युनिष्ट अगाडि आएको बेला यसअघि पनि लोकतन्त्र खतरामा परेको तर्क गर्नुभयो।


    मंगलवार, कार्तिक २२ २०७९०६:२६:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij