Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

ओलीले फेरि प्रधानमन्त्री बनेर देखाए हुन्छ- प्रचण्ड

ओलीले फेरि प्रधानमन्त्री बनेर देखाए हुन्छ- प्रचण्ड

  • बुधवार, कार्तिक २३ २०७९

  • 646
    SHARES

  • ओलीले फेरि प्रधानमन्त्री बनेर देखाए हुन्छ- प्रचण्ड

    काठमाडौँ, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बनेर देखाउन चुनौती दिनुभएको छ ।

    आज दार्चुलामा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीलाई आफैंले प्रधानमन्त्री बनाए पनि ओलीले आफैले बनाएको संविधान विपरित प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन गरेको बताउनुभयो ।

    उहाँले तत्कालीन समयमा ओलीले एकपटक आफूलाई प्रधानमन्त्री बनाइदिनुुस् भनेकाले आफूले सहयोग गरेर दोस्रो पटक प्रधानमन्त्री बनाइएको भन्दै पुन प्रधानमन्त्री बनेर देखाउन चुनौती दिनुभयो ।

    प्रचण्डले केपी ओलीले आफूले लिम्पियाधुरा लिपुलेक समेटेर बनाएको नक्सा पनि ओलीले बाध्य भएर मात्रै बनाएको टिप्पणी गर्नुभयो ।


    बुधवार, कार्तिक २३ २०७९०२:४१:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij