Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

घण्टी नबजाउन तोसिमा कार्कीलाई निर्वाचन आयोगको निर्देशन

घण्टी नबजाउन तोसिमा कार्कीलाई निर्वाचन आयोगको निर्देशन

  • बुधवार, कार्तिक २३ २०७९

  • 695
    SHARES

  • घण्टी नबजाउन तोसिमा कार्कीलाई निर्वाचन आयोगको निर्देशन

    काठमाडौं । निर्वाचन आयोगले ललितपुर-३ बाट प्रतिनिधिसभा उम्मेदवार बनेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्कीलाई घण्टी नबजाउन निर्देशन दिएको छ ।

    चुनाव प्रचारप्रसारका क्रममा घण्टी चुनाव चिह्न पाएकी तोसिमाका कार्यकर्ता र समर्थकले घण्टी बजाएर हिँडेकोले आयोगले सो निर्देशन दिएको हो । घण्टी बजाएर हिँड्दा अरुलाई असर गरेको भन्दै आयोगले उहाँलाई घण्टी नबजाइ प्रचारप्रसार गर्न निर्देशन दिएको हो ।

    आयोग कार्यालयमा मंगलबार बसेको सर्वदलीय बैठकका केही दलका प्रतिनिधिहरूले उम्मेदवारहरूले घण्टी बजाउँदै चुनाव प्रचारप्रसार गरेको भन्दै ध्यानाकर्षण गराएका थिए ।


    बुधवार, कार्तिक २३ २०७९०२:५९:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij