Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेताहरूका आआफ्नै बाचा र आरोप प्रत्यारोप, छैन विकास र समृद्धिको बहस (खास खबर) 

नेताहरूका आआफ्नै बाचा र आरोप प्रत्यारोप, छैन विकास र समृद्धिको बहस (खास खबर) 

  • बुधवार, कार्तिक २३ २०७९

  • 640
    SHARES

  • नेताहरूका आआफ्नै बाचा र आरोप प्रत्यारोप, छैन विकास र समृद्धिको बहस (खास खबर) 
    काठमाडौं । निर्वाचन आउन ११ दिन बाँकी रहँदा उम्मेदवारहरू यतिबेला प्रचारप्रसारमा व्यस्त छन् । चुनावी माहौल आफ्नो पक्षमा पार्नका निम्ति एकले अर्कोलाई आरोप प्रत्यारोप समेत गरिरहेको पाइन्छ । उनीहरूका आआफ्नै बाचा पनि रहेका छन् । बाम लोकतान्त्रिक गठबन्धन काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्नुभएका गगनकुमार थापाको अधिकांश भाषण पुरानाका नेताहरूलाई आराम र नयाँ युवाहरूको हातमा स्टेयरिङ पर्नुपर्ने हुन्छ । पाका नेताहरूले अभिभावकत्व लिनुपर्ने र युवाहरूले आगामी नेतृत्व सम्हाल्नुपर्ने उहाँको तर्क रहेको छ । 
     
    मुलुकमा लामो समय उहीँ व्यक्ति, उहीँ दलको वर्चस्व रहेपनि जनताको जीवनस्तरमा सुधार आउन नसक्दा मतदातामा पनि उल्लास छैन । स्वदेशमा भएभरका उद्योग कलकारखाना बन्दगरी विप्रेषणबाट मुलुक धानिएको यो अवस्थामा मतदाता रोजगारीको अवसर चाहन्छन् र यहीँ देशमा केही गर्न चाहन्छन् । तर, यहाँको अवस्थामा अझै सुधार आउने छनक देखिँदैन । आर्थिक एजेण्डा, विकास, पूर्वाधारका योजना महत्त्वाकाङ्क्षी हुने गरेका छन् । चुनावमा एकले अर्कोलाई गर्ने आरोप प्रत्यारोपले यहाँको राजनीतिक चेत र परिवेशलाई छर्लङ्ग पारिदिएको छ । केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले दार्चुला पुगेर उद्योग मन्त्री एवं दार्चुलाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दिलेन्द्रप्रसाद बडुलाई काठमाडौंबाट नफर्किन भन्नुभयो । आफ्नो पक्षमा माहौल बनिसकेको बताउँदै बडुले दार्चुलाका लागि केही गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले सीमाको विषयमा केही बोल्न नसकेको दाबी गर्नुभयो । 
     
    ओलीले आफूमाथि लगाएको आरोपको खण्डन गर्दै बडूले अपी हिमालको फेदीमा आश्रम बनाएर बस्न आग्रह गर्नुभएको छ । मुलुकलाई सही गन्तव्यमा डोर्‍याउन नसकेर फेल प्रमाणित भइसकेका ओलीले आफ्ना नेता, कार्यकर्ताहरूलाई बोकेर आश्रम स्थापना गर्नुपर्ने बडूको भनाइ थियो । 
     
    निर्वाचन ताका हुनुपर्ने वैचारिक बहसको राजनीतिमा खडेरी सिर्जना भएको देखिन्छ । प्रमुख दलका नेता नै एक अर्कामाथि उत्रिएपछि मतदाता भने रनभुल्ल पर्ने देखिन्छ । मुलुकको विकास र समृद्धिमा बहस चलाउन ढिला भइसकेको छ । अबको नेतृत्व विकासोन्मुख एजेण्डा बोकेर लाग्न जरुरी पनि छ । 
     
     


    बुधवार, कार्तिक २३ २०७९०८:२८:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij