Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

जनताले चाहँदाचाहँदै मैदान छोड्दिन : प्रकाशमान सिंह

जनताले चाहँदाचाहँदै मैदान छोड्दिन : प्रकाशमान सिंह

  • बिहिवार, कार्तिक २४ २०७९

  • 470
    SHARES

  • जनताले चाहँदाचाहँदै मैदान  छोड्दिन : प्रकाशमान सिंह

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मतदाताले चाहेसम्म आफू चुनाव लडिरहने बताउनुभएको छ । आज बिहान काठमाडौंको बुद्धनगरमा घरदैलो कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै उहाँले जनताले चाहँदाचाहँदै मैदान छोड्न नहुने बताउनुभएको हो ।

    गणेशमान सिंहको १०८ औं जन्मजयन्तीको अवसरमा काठमाडौं महानगरपालिका १० जोगीकुटीस्थित सुवर्ण पार्कमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेर उहाँले घरदैलो कार्यक्रम सुरु गर्नुभएको हो ।

    काठमाडौं क्षेत्र नम्बर १ का मतदाताको माया पाइरहेको र फेरि पनि पाउने विश्वास व्यक्त गर्नुभयो । यस्तै उहाँले काठमाडौं क्षेत्र नम्बर १ मा विकास गरेको दाबीसमेत गर्नुभयो । व्यक्तिले कब्जा गरेका सरकारी जग्गा फर्काएर १५ स्थानमा पार्क, सामुदायिक भवन र व्यायामशाला बनाइसकेको भन्दै उहाँले ज्येष्ठ नागरिकको सुविधाका लागि एउटा सुविधासम्पन्न भवन बनिरहेको जानकारी पनि दिनुभयो ।

    त्यसअघि उहाँले गणेशमान सिंहको १०८ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लोकतान्त्रिक–वाम गठबन्धनले मात्रै देशलाई प्रगतिको पथमा लैजाने बताउनुभएको थियो ।

    गणेशमान सिंहले वामपन्थीहरुलाई साथमा लिएर २०४६ सालको जनआन्दोलन सफल बनाएको भन्दै उहाँले अहिले पनि त्यो कार्यगत एकता उत्तिकै सान्दर्भिक रहेको दाबी गर्नुभयो ।


    बिहिवार, कार्तिक २४ २०७९०९:५८:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij