Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मोरङ-३ को १ मा कांग्रेसबाट मानबहादुर लिम्बूको उम्मेदवारी दर्ता

मोरङ-३ को १ मा कांग्रेसबाट मानबहादुर लिम्बूको उम्मेदवारी दर्ता

  • बिहिवार, कार्तिक २४ २०७९

  • 325
    SHARES

  • मोरङ-३ को १ मा कांग्रेसबाट मानबहादुर लिम्बूको उम्मेदवारी दर्ता

    काठमाडौं । मोरङ क्षेत्र नम्बर ३ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट बाट मानबहादुर लिम्बूले मनोनयन दर्ता गराउनुभएको छ । केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्वसभापतिसमेत रहेका लिम्बू बेलबारी-८ का बासिन्दा हुन् ।

    उक्त क्षेत्रका उम्मेदवार तथा प्रदेश १ का वन, वातावरण तथा भू-संरक्षणमन्त्री शेखरचन्द्र थापाको बुधबार निधन भएका कारण यहाँ कांग्रेसको उम्मेदवार खाली भएको थियो । निर्वाचन आयोगले कांग्रेसलाई नयाँ उम्मेदवारको मनोनयनका लागि नयाँ कार्यतालिका प्रकाशन गरेको थियो ।

    लिम्बूले बेलबारीस्थित निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराउनुभएको छ । यहाँ एमालेले दीलिप राईलाई अघि सारेको छ ।


    बिहिवार, कार्तिक २४ २०७९०२:२३:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij