Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

एभरेजभन्दा बढी मतले जितेर सिंगो देशलाई नै सन्देश दिनु छ : प्रचण्ड

एभरेजभन्दा बढी मतले जितेर सिंगो देशलाई नै सन्देश दिनु छ : प्रचण्ड

  • शुक्रवार, कार्तिक २५ २०७९

  • 478
    SHARES

  • एभरेजभन्दा बढी मतले जितेर सिंगो देशलाई नै सन्देश दिनु छ : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखामा सरदरभन्दा बढी मतान्तरले जित्नपर्ने बताउनुभएको छ । साथै गोरखाले बलियो सन्देश दिएर सरकार बनाउन जानपर्ने प्रचण्डले बताउनुभयो ।

    गोरखाको सिरानचोक–८ जौबारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले सामान्य मतले जितेर नपुग्ने बताउँदै उहाँले एभरेजभन्दा बढी मतले जितेर सिंगो देशलाई नै सन्देश दिनेपर्ने कुरामा जोड दिनुभयो ।

    गोरखामा विकास निर्माणको काम गरेर सिंगो देशलाई नै देखाउने अभियानमा आफू रहेको प्रचण्डले बताउनुभयो ।
    उहाँले कांग्रेस र माओवादी आमने सामने भएकै कारण मिलेको पनि बताउनुभयो ।

    विकास र गतिबीचको सम्बन्ध उल्लेख गर्दै प्रचण्डले कांग्रेस र माओवादी मिलेकै कारण संघीय गणतन्त्र स्थापना भएको उल्लेख गर्नुभयो ।आगामी मंसिर ४ गते जनमत संग्रह हुँदै गरेको पनि प्रचण्डको भनाइ छ ।


    शुक्रवार, कार्तिक २५ २०७९१०:०६:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij