Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति भण्डारी भोली स्वदेश फर्किदै

राष्ट्रपति भण्डारी भोली स्वदेश फर्किदै

  • शुक्रवार, कार्तिक २५ २०७९

  • 624
    SHARES

  • राष्ट्रपति भण्डारी भोली स्वदेश फर्किदै

    काठमाडौं– आइसल्याण्डको औपचारिक भ्रमणमा राष्ट्रपति विद्यादेवी भण्डारी भोली स्वदेश फर्किनुहुने भएको छ ।

    राष्ट्रपति भण्डारी आइसल्याण्डमा आयोजित महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ डब्लुपिएल कार्यक्रममा सहभागी हुन यही कात्तिक २१ गते आइसल्याण्ड जानुभएको थियो ।

    आइसल्याण्डको राजधानी रेक्याभिकमा सम्पन्न ‘रेक्याभिक ग्लोबल फोरम’ वुमन लिडर्स मा उहाँले विशेष सम्बोधनसमेत गर्नुभएको थियो । साथै उहाँले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’समेत ग्रहण गर्नुभएको छ।

    राष्ट्रपति भण्डारी आज आइसल्याण्डबाट नर्वेको राजधानी ओस्लो र कतारको राजधानी दोहा हुँदै भोली काठमाडौं आइपुग्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ।


    शुक्रवार, कार्तिक २५ २०७९०२:२१:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij