Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

निर्वाचनलाई अपाङ्गमैत्री बनाउन आयोगको आग्रह, सबै मतदान केन्द्र अपाङ्गमैत्री हुन नसकेको गुनासो (खास खबर)

निर्वाचनलाई अपाङ्गमैत्री बनाउन आयोगको आग्रह, सबै मतदान केन्द्र अपाङ्गमैत्री हुन नसकेको गुनासो (खास खबर)

  • शुक्रवार, कार्तिक २५ २०७९

  • 723
    SHARES

  • निर्वाचनलाई अपाङ्गमैत्री बनाउन आयोगको आग्रह, सबै मतदान केन्द्र अपाङ्गमैत्री हुन नसकेको गुनासो (खास खबर)

    काठमाडौं । निर्वाचनका वेला अपाङ्गता भएका मतदाताहरूले सबै मतदान केन्द्रहरूलाई अपाङ्गमैत्री बनाउन माग गरिरहेका हुन्छन् । मतदान गर्ने दिन केहि निर्वाचन केन्द्रमा सहज भएपनि केहि केन्द्रमा अपाङ्गता भएका मतदाताहरुलाई कठिनाई भएको हुन्छ । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई समावेशी र अपाङ्गमैत्री बनाउन निर्देशन दिएको छ ।

    आयोगका निर्देशनहरूको पूर्ण रूपमा कार्यान्वयन गर्न, गराउन मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत तथा निर्वाचनमा खटिने सबै कर्मचारीलाइ निर्देशन दिईएको हो ।

    राष्ट्रिय अपाङ्ग महासंघका महासचिव राजु बस्नेतले मतदान केन्द्र पहिलेको अवस्थामा सुधारात्मक अवस्थामा रहेपनि नमुनाको लागि केहि मतदान केन्द्र मात्र अपाङ्गतामैत्री भएको तर सन्तोषजनक अवस्थामा नरहेको बताउनुहुन्छ । दुरीका लामो हुने गरेकाले मतदान गरेर निस्किन गार्हो हुने गरेको उहाँको भनाई छ ।

    विगतका निर्वाचनमा अपाङ्गता भएका व्यक्तिलाई मतदान केन्द्रमा गरिने व्यवहार पनि राम्रो नभएको भन्दै उहाँले होचा पुड्कालाई मतदान गर्न र मतपत्र पट्याएर बाकसमा राख्दा अग्लो स्थानमा हुने भएकाले गाहे भएकोे बताउनुभयो । सेवा दिने कर्मचारी देखि भौतिक संरचना रामो भयो भने अपाङ्गता भएका मतदातालाई भोट राख्न सजिलो हुने उहाँको तर्क छ ।

    विगतको असहजतालाई सहज वनाउन मतदान कक्ष बनाउँदा वा मतपेटिका राख्दा धेरै अग्लो ठाउँमा नबनाउन , होचो कद वा अपाङ्गता भएका व्यक्ति वा ज्येष्ठ नागरिक मतदाताले पनि सजिलै मतसङ्केत गर्न सक्ने गरी बनाउन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्देशन दिनुभएको छ ।

    प्रमुख निर्वाचन आयुक्त थपलियाले दृष्टिबिहीन, शारीरिक अशक्तता वा अन्य कारणले मतदान गर्न नसक्ने मतदाताका वारेसप्रति चनाखो हुन पनि निर्देशन दिनुभएको छ । अशक्तहरुको नाममा कुनै उम्मेदवार वा राजनीतिक दलको प्रतिनिधिले वारेस बनी मतदान गर्नसक्ने भन्दै उहाँले चनाखो हुन निर्देशन दिनुभएको हो ।

    निर्वाचन आयोगले गत स्थानीय तहको निर्वाचनमा आफैं मतदान गर्नसक्ने मतदाताहरुले समेत आफू अशक्त भएको बहाना बनाइ अरुमार्फत मतदान गराएका केही उदाहरण आएकाले त्यसप्रति सचेत रहन आग्रह समेत गरेको छ । आयोगले निर्वाचनको तयारि अन्तिम चरणमा पुगेको जनाएको छ । आयोगका उप सचिव कमल ज्ञवालीका अनुसार आयोगले निर्वाचनका लागि आउँदो निर्वाचनमा दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाउदै छ ।

    अपाङगता भएका मतदाताले मतदान केन्द्रमा पुग्न, मतपत्रमा छाप लगाउन र मतपेटिकमा भोट हाल्न सहज हुने ढङ्गबाट अपाङ्गमैत्री मतदान केन्द्र बनाउन माग गरिरहेका हुन्छन् । उनिहरुको सहजताका लागि आयोगले यि बिषयलाई गम्भिर रुपले लिनु जरुरी छ । मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाउन ध्यान नदिएका कारण केहि मतदाता मताधिकार प्रयोगबाट वञ्चित हुनुपरेका विगतका घटना पनि छन । त्यसैले सबैलाई सजिलो हुने गरी आयोगले मतदान गर्ने वातावरण बनाउन जरुरी छ ।


    शुक्रवार, कार्तिक २५ २०७९०९:०४:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij