Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बाँकेमा कारोना संक्रमणबाट थप एकजनाको मृत्यु

बाँकेमा कारोना संक्रमणबाट थप एकजनाको मृत्यु

  • सोमवार, भाद्र २२ २०७७

  • 939
    SHARES

  • बाँकेमा कारोना संक्रमणबाट थप एकजनाको मृत्यु

    बाँके। बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्युु भएको छ ।नेपालगन्ज उपमहानगरपालिका– ९ का ५९ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । मृतकलाई तीन वर्षदेखि मुटुरोग को समस्या रहेको पनि उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

    नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा हिजो साँझ मृत्यु भएको स्वास्थ्य कार्यालय बाकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनु भएको छ ।

    भदौ १२ गते स्वास्थ्यमा समस्या देखिएपछि कोरोना परीक्षणका लागि भदौ १३ गते स्वाब लिइएको थियो । १५ गते पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो । त्यसपछि उनी इन्द्रेणी होटलको आइसोलेसनमा सेन्टरमा बसेका थिए । स्वास्थ्य समस्या बढेपछि उनको १८ गतेदेखि मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको थियो । योसँगै बाकेमा कोरोना सक्रमितको मत्यु हुनेको संख्या सात पुगेको छ ।

     


    सोमवार, भाद्र २२ २०७७०६:५९:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij