काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले डोटी नेपालको पुरानो राजधानी भएपनि विकासमा पछि परेको बताउनुभएको छ ।
शनिबार डोटीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अब एमालेले जितेर यस जिल्लामा विकासको बाढी नै ल्याउने बताउनुभयो ।
यस्तै, उहाँले डोटी अहिले पनि नेपालको महत्त्वपूर्ण जिल्ला रहेको र एमालेका उम्मेदवारहरूलाई विजयी गराउन पनि स्थानीय मतदातासमक्ष अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, डोटी इतिहास बोकेको जिल्ला भए पनि पछाडि परेको छ। तर अब एमालेले जितेर विकास गर्नेछ विकासमा कहिल्यै पछि पर्नेछैन। हामी बनाउँछौँ, यहाँका राजमार्ग, फास्ट ट्रयाक सबै बन्छन्।
डोटीका मान्छेसँग जिनेटिक मेमोरी रहेको र यहाँका मान्छे विद्वान् मान्छे बन्न सक्नेछन् भनेर उकास्दै उहाँले एमालेलाई जिताउन अनुरोध गर्नुभयो ।