काठमाडौँ । चितवनमा आज सत्ता गठबन्धनले आयोजना गरेको आमसभा स्थलमा चेकजाँचलाई कडा पारीएको छ ।
भरतपुरस्थित गेष्ट हाउस चौरमा आयोजित आमसभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका उपाध्यक्ष केशवलाल श्रेष्ठ लगायत नेताहरु चितवन पुगेका छन् ।
सभास्थलमा विभिन्न ठाउँबाट सत्तारुढ गठबन्धन दलका नेता कार्यकर्ताहरु आउने क्रम सुरु भएपछि सुरक्षा जाँच गर्ने गेट नै तयार गरेर भित्र प्रवेश गर्नेहरुको चेकजाँचमा कडाई गरिएको छ ।