कास्की । गण्डकी प्रदेशमा ६७ जना कोरोना संक्रमित थपिएका छन्।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार प्रदेशका ४ जिल्लामा संक्रमति थपिएका हुन्।
कास्कीका ३१ जना, पूर्वीनवलपरासीका १५, गोरखाका १८ र तनहुँका ३ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये पोखरा फुड्स प्रालिमा कार्यरत १७ महिला र ८ पुरुष छन्।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ५ सय ९८ पुगेको छ।