Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सत्ता गठबन्धनको चुनावी आमसभा सुरु

सत्ता गठबन्धनको चुनावी आमसभा सुरु

  • शनिवार, कार्तिक २६ २०७९

  • 542
    SHARES

  • सत्ता गठबन्धनको चुनावी आमसभा सुरु

    काठमाडौँ, चितवनमा सत्ता गठबन्धनको चुनावी आम सभा सुरु भएको छ ।

    भरतपुर स्थीत गेष्ट हाउस चौरमा आयोजित सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका उपाध्यक्ष केशवलाल श्रेष्ठ लगायत नेताहरु चितवन पुगेका छन् ।

    यसैबिच नेपाली कांग्रेस चितवनका पूर्व सभापति विकास कोइरालाको कारबाही फुकुवा गर्न उहाँको समूहले कांग्रेस केन्द्रिय सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउने तयारी गरेको छ ।

    २०७० सालको निर्वाचनमा तत्कालिन पार्टी सभापति सुशिल कोइरालाविरुद्ध कोइरालाले चितवन ३ मा बागी उमेदवारी दिएपछि कांग्रेसले कोइरालालाई पार्टीबाट निश्कासन गरेको थियो ।

    पार्टीले गरेको कारबाही अवधि सकिँदा पनि कारबाही फुकुवा नभएको भन्दै उनको समूहले कारबाही फुकुवा गर्न माग गर्दै आएको छ ।

     


    शनिवार, कार्तिक २६ २०७९०२:४९:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij