Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रवि लामिछाने माथि आक्रमणको प्रयास, चुनाव प्रचारमा प्रयोग गरिएको गाडी तोडफोड

रवि लामिछाने माथि आक्रमणको प्रयास, चुनाव प्रचारमा प्रयोग गरिएको गाडी तोडफोड

  • आइतवार, कार्तिक २७ २०७९

  • 1.9K
    SHARES

  • रवि लामिछाने माथि आक्रमणको प्रयास, चुनाव प्रचारमा प्रयोग गरिएको गाडी तोडफोड
    काठमाडौं । चितवनबाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चुनाव प्रचारमा प्रयोग गरिएको गाडीमा ढुंगा प्रहार भएको छ  । मुग्लिङ सडक खण्डमा गाडी तोडफोड भएको सूचना आएको चितवनका एसपी नवराज अधिकारीले  बताउनुभयो ।
     
    प्रहरीकै अगाडि गाडी प्रचारमा हिँडेको गाडी तोडफोड भएको भन्दै उम्मेदवार रवि लामिछानेले विरोध गर्नुभएको छ । आफू निर्वाचन क्षेत्रमा सुरक्षित नरहेको तर डर पनि नभएको उहाँले बताउनुभएको छ। 
     
    प्रहरीका अनुसार गाडीमा सामान्य क्षति पुगेको पुगेको छ । अहिले प्रहरीको टोली त्यहाँ पुग्दै छ । लामिछानेको गाडीमाथि ढुंगा प्रहार गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।
     
    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने चितवन–२ बाट निर्वाचन प्रतिस्पर्धामा हुनुहुन्छ ।


    आइतवार, कार्तिक २७ २०७९०४:२५:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij