Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

हेलिकप्टरको प्रयोगमा गम्भीर बन्न गृह मन्त्रालयलाई निर्वाचन आयोगको निर्देशन

हेलिकप्टरको प्रयोगमा गम्भीर बन्न गृह मन्त्रालयलाई निर्वाचन आयोगको निर्देशन

  • आइतवार, कार्तिक २७ २०७९

  • 543
    SHARES

  • हेलिकप्टरको प्रयोगमा गम्भीर बन्न गृह मन्त्रालयलाई निर्वाचन आयोगको निर्देशन
    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रचारप्रसारमा हेलिकप्टरको प्रयोगको विषयलाई लिएर गृह मन्त्रालय संवेदनशील बन्नुपर्ने बताउनुभएको छ । आज निर्वाचन आयोगमा भएको निर्वाचन आचारसंहिता कार्यान्वयन सम्बन्धी एकीकृत कार्ययोजना, २०७९ माथि छलफल गर्दै उहाँले हेलिकप्टरको प्रयोगको विषयमा गृह मन्त्रालय संवेदनशील बन्नुपर्ने बताउनुभएको हो । उहाँले चुनावको प्रचार गर्न बिरामी भएको नाटक गर्ने गरेको उजुरी आएकाले त्यसतर्फ संवेदनशील बनेर काम गर्न गृह मन्त्रालयलाई निर्देशन दिनुभयो । 
     
    प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगमा बिरामीको नाटक गरी चुनावी प्रचारप्रसार गरेका दुईवटा उजुरी आएकाले आयोग कारबाहीको लागि अग्रसर रहेको बताउनुभयो । उहाँले निर्वाचन आचारसंहितामा ७२ घण्टा हेलिकप्टर उडाउन पाउने उल्लेख गरेका कारण संखुवासभामा चुनावी प्रचारमा समय गनेर नै ७२ घण्टामा विभिन्न १० ठाउँमा चुनावी प्रचारप्रसार गरेको पाइएकाले गृह मन्त्रालय गम्भीर बन्नुपर्ने देखिएको बताउनुभयो । 
     
    प्रमुख निर्वाचन आयुक्त थपलियाले आसन्न निर्वाचनमा हालसम्म भौतिक उपस्थिति सहितको आचारसंहिता उल्लंघन कम रहेपनि सामाजिक सञ्जालमा भने निर्वाचन आचारसंहिता बढेको बताउनुभयो । उहाँले सामाजिक सञ्जालबाट आचारसंहिता उल्लंघन गर्नेहरूलाई कारबाही गरिरहेको भन्दै सामाजिक सञ्जालको प्रयोग गर्दा संवेदनशील बन्न सबैको ध्यानाकर्षण गराउनुभयो । 
     
    प्रमुख निर्वाचन आयुक्त थपलियाले यस पटकको निर्वाचनमा मौन अवधि नरहेकाले निर्वाचनअघिको ४८ घण्टाको समयलाई कसरी व्यवस्थित बनाउने भन्नेमा आयोगले आवश्यक कार्य गरिरहेको पनि बताउनुभयो । उहाँले यस पटक आयोगले मौन अवधि नराखेको तर अहिले प्रचारप्रसार गर्न नपाउने अवधि भनिएकाले सो अवधिमा हुने आचारसंहिता विपरीतका गतिविधि रोक्न आयोग लागिपरेको बताउनुभयो । उहाँले नेपालमा प्रचारप्रसारमा गर्न नपाउने अवधिमा अवधिमा मित्र राष्ट्रका सञ्चारमाध्यमहरूबाट प्रचारप्रसार गर्ने गरेको पाइएको भन्दै त्यसलाई कसरी नियन्त्रण गर्ने भन्ने चुनौती आयोगलाई रहेको बताउनुभयो । 
     
    प्रमुख निर्वाचन आयुक्त थपलियाले जिल्लाहरूमा आचारसंहिता उल्लंघन गर्नेमाथि कारबाही गर्न कन्जुस्याइँ भइरहेको भन्दै आयोगको निर्देशनलाई पूर्ण पालना गर्न जिल्ला निर्वाचन आचारसंहिता कार्यान्वयन समितिलाई निर्देशन दिनुभएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोगको कारणबाट निर्वाचन महँगो नभएको जिकिरसमेत गर्नुभयो । 
     


    आइतवार, कार्तिक २७ २०७९०५:०६:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij