Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रचण्डले आज तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने

प्रचण्डले आज तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने

  • सोमवार, कार्तिक २८ २०७९

  • 542
    SHARES

  • प्रचण्डले आज तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने
    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आज गण्डकी प्रदेशका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्नुहुने छ । 
     
    प्रचण्डले आफ्नो चुनावी क्षेत्र गोरखाको पालुङटार, तनहुँको डुम्रे र लमजुङको राईनास नगरपालिकामा हुने चुनावी सभामा सहभागी हुने प्रचण्डको सचिवालयले जनाएको छ ।
     
    गोरखा प्रचण्डको आफ्नै चुनावी क्षेत्र हो भने तनहुँ १ रामचन्द्र पौडेल र लमजुङ देव गुरुङको चुनावी क्षेत्र भएकाले गठबन्धनका नेता समेत पुग्ने भएका हुन् । 
     
    यसअघि प्रचण्डले कर्णाली प्रदेशका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गरेर फर्किनुभएको थियो ।
     


    सोमवार, कार्तिक २८ २०७९१०:२८:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij