Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मर्यादाअनुसारको जिम्मेवारी नपाएपछि कैलालीका शिक्षक निर्वाचनमा नखटिने

मर्यादाअनुसारको जिम्मेवारी नपाएपछि कैलालीका शिक्षक निर्वाचनमा नखटिने

  • सोमवार, कार्तिक २८ २०७९

  • 453
    SHARES

  • मर्यादाअनुसारको जिम्मेवारी नपाएपछि कैलालीका शिक्षक निर्वाचनमा नखटिने

    काठमाडौं। कैलालीमा शिक्षकहरु निर्वाचनमा नखटिने भएका छन् । निर्वाचन आयोगले तह र श्रेणी अनुसारको जिम्मेवारी नदिएको भन्दै कैलालीको घोडाघोडी नगरपालिकाको राष्ट्रिय माध्यामिक विद्यालय तारानगरका शिक्षकहरुले निर्वाचनमा नखटिने घोषणा गरेका हुन् ।

    माध्यमिक तह तृत्तीय श्रेणीमा स्थायी र राहत शिक्षकको नाम सहायक कर्मचारीमा खटाइएकोले तह र श्रेणी अनुसारको पद नमिलेकाले मावि तृतीय श्रेणीका स्थायी शिक्षकहरु सुवोध कुमार शर्मा, मनोज कुमार जोशी, हरिदत्त भट्ट र राहत शिक्षक बलभद्र देवकोटाले नाम हटाइदिन आग्रह गर्दै सुखड कैलाली निर्वाचन अधिकृतको कार्यलयमा निवेदन दिएका छन् ।

    निवेदनमा पद अनुसारको मर्यादाक्रम उपयुक्त हुने खालको कार्यभारसहित जिम्मेवारी दिएमा मात्र निर्वाचनमा खट्ने उल्लेख छ ।

    यसअघि मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक कर्मचारी छनोटका क्रममा शिक्षकहरुलाई उचित मर्यादा नदिएको महासंघको शिक्षक महासंघले विज्ञप्ति निकालेर आपत्ति जनाएको थियो ।


    सोमवार, कार्तिक २८ २०७९०३:१४:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij