Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कांग्रेसको आह्वान-दायाँबायाँ नगरौँ, गठबन्धनका उम्मेदवार जिताउन लागौँ

कांग्रेसको आह्वान-दायाँबायाँ नगरौँ, गठबन्धनका उम्मेदवार जिताउन लागौँ

  • सोमवार, कार्तिक २८ २०७९

  • 401
    SHARES

  • कांग्रेसको आह्वान-दायाँबायाँ नगरौँ, गठबन्धनका उम्मेदवार जिताउन लागौँ

    काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन पार्टी नेता कार्यकर्ताहरूलाई आह्वान गरेको छ ।

    आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा। प्रकाशशरण महतले प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिकतर्फ रुख चिह्न र प्रत्यक्षमा गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन सिंगो पार्टी पंक्ति लाग्न आह्वान गर्नुभएको हो ।

    प्रवक्ता महतले प्रतिनिधिसभा र प्रदेशसभाका ६१ स्थानमा कांग्रेसका उम्मेदवार नभएको भन्दै प्रत्यक्षतर्फ पार्टीका उम्मेदवार नभएपनि जुन दललाई समर्थन गरिएको हो त्यो उम्मेदवारलाई मत दिएर जिताउन आग्रह गरे ।

    उहाँले भन्नुभयो, ‘गठबन्धन भनेकै सहकार्य हो । दिने पनि लिने पनि, पारस्परिक सहयोगबाट परिणाम आउने हो । त्यो परिणाम आउँदा मात्रै हाम्रो सरकार बन्ने हो’, । उहाँले काँग्रेसको नेतृत्वमा सरकार बन्न पनि गठबन्धनले जित्नै पर्ने दावी गर्नुभयो ।


    सोमवार, कार्तिक २८ २०७९०४:२४:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij