काठमाडौं । न्युजिल्याण्डले टी–ट्वान्टी र एकदिवसीय सिरिजका लागि टिमको घोषणा गरेको छ । न्युजिल्याण्डले केन विलियम्सनको कप्तानीमा टिम घोषणा गरेको हो ।
भारतविरुद्धको टी–ट्वान्टी र एकदिवसीय सिरिजका लागि न्युजिल्याण्डले टिम घोषणा गरेको हो । न्युजिल्याण्डले घरेलु मैदानमा भारतविरुद्ध दुई सिरिज खेल्ने तालिका रहेको छ ।
भारत र न्युजिल्याण्डबीचको टी–ट्वान्टी सिरिज नोभेम्बर १८ बाट सुरु हुनेछ । यस्तै एकदिवसीय सिरिज २५ नोभेम्बरबाट सुरु हुनेछ ।