Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

चुनाव विरोधी गतिविधि गर्ने नेकपा बैद्य समुहका ७ जना पक्राउ

चुनाव विरोधी गतिविधि गर्ने नेकपा बैद्य समुहका ७ जना पक्राउ

  • मंगलवार, कार्तिक २९ २०७९

  • 570
    SHARES

  • चुनाव विरोधी गतिविधि गर्ने नेकपा बैद्य समुहका ७ जना पक्राउ

    काठमाडौं । निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ परेका छन् ।

    महोत्तरीको बलवा ७ बनौटाबाट मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी पार्टीका नेता तथा कार्यकर्ताहरु निर्वाचन विरोधी गतिबिधीमा लागेकोले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    पार्टीका केन्द्रीय सदस्य विरेन्द्र यादव, राजेश्वर यादवलगायतका ६ जना र गाडी चालकलाई पक्रउ गरिएको महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिनुभयो ।

    उनीहरुको साथबाट चुनाव विरोधी पर्चा तथा माइकिङ सामग्री वरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरु चढेको ज १ च ११७१ नम्बरको टाटा सुमो समेत नियन्त्रणमा लिएको बताएको छ ।


    मंगलवार, कार्तिक २९ २०७९०२:४९:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij