Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोनाबारे भ्रम फैलाउने नक्कली चिकित्सक समातिए

कोरोनाबारे भ्रम फैलाउने नक्कली चिकित्सक समातिए

  • सोमवार, भाद्र २२ २०७७

  • 2.2K
    SHARES

  • कोरोनाबारे भ्रम फैलाउने नक्कली चिकित्सक समातिए

    काठमाडौं । आफूलाई चिकित्सक भएको दाबी गर्दै अबैध धन्दामा संग्लग्न भएको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५१ वर्षीय सुवास सुब्बा लिम्बू रहेको प्रहरीले जनाएको छ ।

    लिम्बूलाई महानगरीय अपराध महाशाखाको टोलीले आज सोमबार बिहान ललितपुरको नख्खुपोटबाट पक्राउ गरेको हो ।

    लिम्बूले ‘कोरोना संक्रमितको अंग निकाल्ने गरेको’ भन्दै विभिन्न युट्युब च्यानलमा अभिव्यक्ति दिने गरेको पाइएको प्रहरीको दाबी छ ।

    उनले भ्रमात्मक र विवादस्पद अभिव्यक्ति दिने तथा चिकित्सकहरुमाथि नै अनास्था फैलाउने कार्य गरेका प्रहरीको भनाइ छ ।

    बयानमा लिम्बूले आफूलाई सबैले ‘डाक्टर’ भनेर सम्बोधन गर्ने गरेको तर आफू डाक्टर नभएको बताएको प्रहरी दाबी छ ।

     


    सोमवार, भाद्र २२ २०७७०३:२५:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij