Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

निर्वाचन बहिष्कार गर्ने नेकपा मशालका १३ कार्यकर्ता बागलुङको कुश्मिसेराबाट पक्राउ

निर्वाचन बहिष्कार गर्ने नेकपा मशालका १३ कार्यकर्ता बागलुङको कुश्मिसेराबाट पक्राउ

  • मंगलवार, कार्तिक २९ २०७९

  • 341
    SHARES

  • निर्वाचन बहिष्कार गर्ने नेकपा मशालका १३ कार्यकर्ता बागलुङको कुश्मिसेराबाट पक्राउ

    काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनबिरुद्धका गतिविधि गर्ने नेकपा मशालका १३ जना नेता कार्यकर्ता बाग्लुङ्गमा पक्राउ परेका छन् ।

    आज बाग्लुङ्गको जैमिनी नगरपालिकाको कुश्मिसेरा बजारमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन बहिष्कारको कार्यक्रम गर्नेहरु पक्राउ परेका हुन् ।

    नेकपा मशालले आयोजना गरेको चुनाव बहिष्कार कार्यक्रमको कोणसभाबौट नेकपा मशालका पोलिटब्युरोे सदस्य ७० वर्षीय कृष्णराज पौडेल सहित १३ जनालाई पक्राउ गरि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी दयानिधी ज्ञवालीले बताउनुभएको छ ।

    पक्राउ पर्नेमा अखिल भारत नेपाली एकता समाजका केन्द्रिय अध्यक्ष ५३ वर्षीय देबबहादुर लामिछाने, केन्द्रिय सदस्य ४६ वर्षीय सुर्यबहादुर थापा, जैमिनी नगर सदस्य ५४ वर्षीय रमाकान्त शर्मा, रत्तिम सांस्कृतिक अभियानका केन्द्रिय उपाध्यक्ष ५२ वर्षीय दलबहादुर विक छन् ।

    यस्तै नेकपा मशालका कास्की जिल्ला प्रवक्ता ४३ वर्षीय विक्रम थापा, बागलुङ जिल्ला सदस्य ४२ वर्षीय दिपक गुरुङ, काठमाडौ महानगर अध्यक्ष ४६ को खगेश्वर शर्मा, समर्थक ३९ वर्षीय लालबहादुर नेपाली, ३५ वर्षीय सागर कुँवर, ४८ वर्षीय आकाश गौतम र ३० वर्षीय पहाड विष्ट र पार्टीका केन्द्रिय प्रतिनिधि ४७ वर्षीय नारायण सापकोटा पनि पक्राउ परेका छन् ।

    उनीहरुलाई कुश्मिसेरा प्रहरी चौकीमा राखिएको छ । उनीहरुलाई निर्वाचन विरोधी पर्चासहित कोणसभाबाटै पक्राउ गरिएको हो ।


    मंगलवार, कार्तिक २९ २०७९०६:२४:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij