Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भरतपुरका भूमिहिनले उमेश श्रेष्ठलाई भने-हाम्रो पूर्जा अब तपाईले नै दिलाई दिने हो

भरतपुरका भूमिहिनले उमेश श्रेष्ठलाई भने-हाम्रो पूर्जा अब तपाईले नै दिलाई दिने हो

  • मंगलवार, कार्तिक २९ २०७९

  • 437
    SHARES

  • भरतपुरका भूमिहिनले उमेश श्रेष्ठलाई भने-हाम्रो पूर्जा अब तपाईले नै दिलाई दिने हो

    चितवन ।लोकतान्त्रिक वाम गठबन्धनका उम्मेद्वाहरुले आज भरतपुरका विभिन्न वडामा घरदैलो तथा कोण सभा गरेका छन । गठबन्धनले भरतपुर वडा नम्बर ११, १२ तथा नारायणगढ बजार क्षेत्रमा घरदैलो गरेका थिए ।

    भरतपुरमा गरिएको घरदैलोमा भरतपुर ११ र १२ का भूमिहिनले उमेश श्रेष्ठलाई जग्गाधनी पूर्जा दिलाईदिन माग गरे । उनीहरुले विगत २३ बर्षदेखि जग्गाधनी पुर्जा नपाएको भन्दै श्रेष्ठले जितेपछि लालपुर्जा दिलाईदिन अनुरोध गरे ।

    घरदैलो गर्ने क्रममा भुमिहिनहरुले आफूलाई जग्गाधनी पूर्जा मिलाईदिने विश्वासिलो नेतालाई मात्र भोट दिने बताएका थिए ।भरतपुर वडा नम्बर १२ का भुमिहिन वीर बहादुर तामाङ्गले बर्षौैदेखि अन्य नेताहरुले जितेपनि आश्वासन मात्रै दिएको भन्दै गुनासो गरे ।

    ‘अहिले उमेश श्रेष्ठ ज्यू हाम्रो घरदैलोमानै आउनु भएको छ । पूर्जा दिने बचन पनि दिनुभएको छ । अब यसपटकको भोट उहांँलाईनै दिन्छौं ।’ तामाङ्गले भने ।

    आफूहरुले यस देशको नागरिक भएर पनि जग्गाधनी नहुुंँदा दोस्रो दर्जाको नागरिकको रुपमा बांँच्नु परेको भन्दै तामाङ्गले दुःखेसो पोखे ।
    भूमिहिनका अगुवाहरुले अहिले यसपटक एकजुट भएको र आफ्नो मुख्य माग नै जग्गाधनी पूर्जा भएको बताएका थिए ।

    अर्का भूमिहिन गोपाल विक अहिलेसम्म जग्गाधनी नहुंँदा दैनिक जीवनमानै असर परेको बताउंँछन । ‘कतै काम खोज्न जांँदा पनि सुकुम्बासी भनेर काम पाईदैन । सार्वजिनक जग्गामा नत नचुहुने घर बनाउन सक्छौं । हाम्रो बासको ग्यारेन्टी उमेश सरले गर्नुहुन्छ भन्ने आशा चैं छ ।’

    श्रेष्ठ राज्यमन्त्री हुंँदा कोराना खोप ल्याएर काम गरेको भन्दै श्रेष्ठलाई यसपटक भोट दिएर जिताउने उनले बचन दिए । भुमिहिनहरुले आफूहरु कुनै पार्टी बिशेषमा नलागेको र जग्गा दिलाईदिने प्रतिबद्धता दिए गठबन्धनलाई भोट दिने बताएका छन । अर्की भूमिहिन लीला सार्कीले आफू जग्गा दिलाईदिने पार्टीको रहेको बताईन ।

    ‘अहिलेसम्म नेताहरुले भोट मात्र लिएर गए हामीलाई केही दिएनन उनले भनिन, अब उहांँ असल मान्छे भन्ने सुनेकी थिएंँ । यो पाली उहांँलाई दिएर हेर्छौं ।’ आफ्नो जेनतेन गासको गुजारा चलेपनि बासको व्यवस्था नहुंँदा सधै छोराछोरीको भविष्यको चिन्तामा रहेको उनले सुनाईन ।

    सो गुनासो सुनेपछि जवाफ दिदै उम्मेद्वार श्रेष्ठले आफूले चुनाव जितेमा जग्गाधनी जसरी पनि दिलाईदिने प्रतिबद्धता व्यक्त गरे । ‘म पनि गरिखाने मान्छेको अभियान्ता हुंँ । मैले पनि तपाईहरुले जस्तै दुःख संर्घष गरेर आएको व्यक्ति हो । मैले तपाईंहरुको पीडा नबुझे कस्ले बुझ्छ र १’ श्रेष्ठले भने ।

    यसका लागि भूमिहिनको भोटको आवश्यक रहेकोले जिताएर सांँसद बनाईदिन श्रेष्ठले आग्रह गरे ।घरदैलोको क्रममा प्रदेश २ खका उम्मेद्वार उत्तम जोशीले आफूलाई यस क्षेत्रको भूमिहिनको समस्या राम्रोसंँग थाहा भएको भन्दै गठबन्धनले जितेमा जग्गाधनी पुर्जा दिलाउन आफूले कुनै कसर बांँकी नराख्ने बताए ।

    गठबन्धनले आज भरतपुर १२ को मालपोत चोक, मुनाल चोक लगायतका ठाउंँहरुमा कोणसभा गरेको थियो ।


    मंगलवार, कार्तिक २९ २०७९०६:४६:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij