Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन

निर्वाचनको तयारी पूरा‚ आज मध्यरातदेखि प्रचार गर्न नपाइने

निर्वाचनको तयारी पूरा‚ आज मध्यरातदेखि प्रचार गर्न नपाइने

  • बिहिवार, मंसिर १ २०७९

  • 597
    SHARES

  • निर्वाचनको तयारी पूरा‚ आज मध्यरातदेखि प्रचार गर्न नपाइने
    काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचन आयोगले बिहीबार(आज) पत्रकार सम्मेलन गर्दै निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको भन्दै आज राति १२ बजेदेखि चुनावी प्रचार गर्न नपाइने जानकारी दिएको छ । 
     
    पत्रकार सम्मेलनका क्रममा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा एक करोड ८८ लाख ७९ हजार ५७० मतदाताले १० हजार ८ सय ९२ मतदानस्थलबाट मतदान गर्न सक्ने बताउनुभयो ।  त्यस क्रममा उहाँले १४१ अस्थायी मतदान केन्द्र रहेको र करिब ४  लाख ५० हजार मतदाताले मतदान गर्ने व्यवस्था मिलाएको जानकारी दिनुभयो । त्यस्तै उहाँले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ २ हजार ४१२ र २ हजार १९९ समानुपातिक गरी कुल ५ हजार ६३६ उम्मेदवार बन्दसूचीमा रहेको पनि आयोगले जनाएको छ । 
     
    त्यस्तै प्रदेशको प्रत्यक्षतर्फ ३ हजार २२४ र समानुपातिकतर्फ ३ हजार ७०८ उम्मेदवार बन्दसूचीमा रहेको पनि आयोगले जनाएको छ ।  साथै आयोगले राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी ७ हजार २१९ जनाले निर्वाचन पर्यवेक्षणका लागि अनुमति लिएको र उनीहरूले पर्यवेक्षण गर्ने जनाएको छ ।
     
    निर्वाचनका लागि २,४६९६० कर्मचारी र सुरक्षाकर्मी मतदानस्थल पुगिसकेको आयोगले जनाएको छ भने आगामी दुई दिनभित्र देशभरका मतदान केन्द्र निर्माण गरिसक्न आयोगले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको आयोगले जनाएको छ ।


    बिहिवार, मंसिर १ २०७९०२:५७:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij