Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

म्याग्दीमा एमालेका उमेदवारलाई भोट माग्ने मतदान अधिकृत जिम्मेवारीमुक्त

म्याग्दीमा एमालेका उमेदवारलाई भोट माग्ने मतदान अधिकृत जिम्मेवारीमुक्त

  • बिहिवार, मंसिर १ २०७९

  • 435
    SHARES

  • म्याग्दीमा एमालेका उमेदवारलाई भोट माग्ने मतदान अधिकृत जिम्मेवारीमुक्त

    काठमाडौं ।म्याग्दीमा सामाजिक सञ्जालमार्फत एमालेका उमेद्वारलाई मत माग्ने मतदमन अधिकृत जिम्मेवारी मुक्त भएका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमा नेकपा एमालेका उमेदवार हरिकृष्ण श्रेष्ठका लागी मत माग्ने मतदान अधिकृत नविन कार्कीलाई जिम्मेवारी मुक्त गरीएको हो ।

    कार्कीलाई म्याग्दीको धवलागिरी गाउँपालिका–५ को महेन्द्र आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान अधिकृत तोकिएको थियो ।

    कार्कीले आज बिहान प्रतिनिधि सभा सदस्यमा एमालेका उमेदवार श्रेष्ठलाई मतदान गरेर जिताउन अपिल गरिएको डिजिटल पोष्टर आफ्नो फेसबुक पेजमा सेयर गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    कार्कीको फेसबुकको स्कृनसर्ट सहित नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मुख्य निर्वाचन अधिकृतको कार्यालय अन्तरगतको जिल्ला आचार संहिता अनुगमन समितिलाई उजुरी दिएका थिए ।

    त्यसपछि आचार संहिता अनुगमन समितिको बैठकबाट कार्कीलाई मतदान अधिकृतबाट जिम्मेवारीमुक्त गर्ने निर्णय भएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले जानकारी दिनुभयो ।

    कार्कीलाई हटाएपछि सोही केन्द्रका सहायक मतदान अधिकृत विष्णुप्रसाद पौडेललाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ ।


    बिहिवार, मंसिर १ २०७९०४:०६:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij