Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

थप पाँच जनामा कोरोना संक्रमण पुष्टि, २६ निको

थप पाँच जनामा कोरोना संक्रमण पुष्टि, २६ निको

  • बिहिवार, मंसिर १ २०७९

  • 634
    SHARES

  • थप पाँच जनामा कोरोना संक्रमण पुष्टि, २६ निको
    काठमाडौं । नेपालमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
     
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार २५२ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा पाँच जनाको नतिजा पोजेटिभ आएको हो । ७०७ नमुनाको पीसीआर परीक्षण गर्दा चार र ५४५ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको हो ।
     
    यो अवधिमा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार १९ जनाको मृत्यु भएको छ ।
     
    पछिल्लो २४ घण्टामा देशभर २६ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ८८ हजार ३६६ पुगेको छ ।
     
    हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ४५३ रहेको मन्त्रालयले  जनाएको छ ।


    बिहिवार, मंसिर १ २०७९०४:४४:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij