Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

जुम्लामा मतदान केन्द्र जाँदै गरेको जीप दुर्घटना हुँदा ३ जना घाइते

जुम्लामा मतदान केन्द्र जाँदै गरेको जीप दुर्घटना हुँदा ३ जना घाइते

  • बिहिवार, मंसिर १ २०७९

  • 543
    SHARES

  • जुम्लामा मतदान केन्द्र जाँदै गरेको जीप दुर्घटना हुँदा ३ जना घाइते
    काठमाडौं ।  जुम्लामा मतदान केन्द्रतिर जाँदै गरेको कर्मचारी चढेको गाडी दुर्घटना भएको छ ।
     
    जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार तिला गाउँपालिका– ४ स्थित रावतवाडामा ताम्ती मतदान केन्द्र जाँदै गरेको भे १ च २१८८ नम्बरको जीप दुर्घटना भएको हो ।
     
    उहाँका अनुसार घाइते भएकालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । दुर्घटनामा निर्वाचनमा खटिएका कार्यालय सहयोगी अंगराज गिरी गम्भीर घाइते हुनुभएको छ।
     
    सहायक मतदान अधिकृत आदिप्रसाद न्यौपाने र एक जना प्रहरी कर्मचारी सामान्य घाइते रहेका प्रमुख जिल्ला अधिकारी मुकेशकुमारी केशरीले जानकारी दिनुभयो।
     
    प्रहरीका अनुसार निर्वाचन सामग्री भने सुरक्षित गरिएको छ । तातोपानी गाउँपालिका–७ जनजागृति मावि ताम्तीमा मतदान अधिकृत हरिप्रसाद देवकोटा, सहायक मतदान अधिकृत आदिप्रसाद न्यौपाने सहितको ८ जनाको टोली खटिएको प्रहरीले जानकारी दिएको छ ।


    बिहिवार, मंसिर १ २०७९०४:५५:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij