Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

घण्टी बजाउँदै रविलाई भोट माग्न चितवन पुगे कलाकार

घण्टी बजाउँदै रविलाई भोट माग्न चितवन पुगे कलाकार

  • बिहिवार, मंसिर १ २०७९

  • 685
    SHARES

  • घण्टी बजाउँदै रविलाई भोट माग्न चितवन पुगे कलाकार
    काठमाडौं । चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा उठेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिताउन काठमाडौंबाट कलाकारहरू पुगेका छन्। मौन अवधि सुरू हुन केही घण्टा बाँकी रहँदा निर्वाचन प्रचार प्रसारका लागि कलाकारहरू चितवन पुगेका हुन् ।
     
    कलाकारहरू दिपाश्री निरौला, निर्मल शर्मा गैंडा, किरण केसी, रमेश उप्रेती, आशिफ साहलगायतले रवि लामिछानेलाई निर्वाचनमा मतदान गर्न अपिल गरे ।
     
    कलाकार दिपाश्री निरौलाले यसपटक चितवनले रविलाई जिताउने विश्वास व्यक्त गरिन् । ‘रवि राम्रो पनि हाम्रो पनि मान्छे हो’, उनले भनिन्, ‘घण्टी बजिसकेको छ सबैले समर्थन गरिसक्नु भएको छ।’
     
    रविले टेलिभिजन कार्यक्रममार्फत थुप्रै निमुखा जनताको आवाज बोलेको बताउँदै अब संसदमा पुगेर समेत चर्को आवाज उठाउने बताइन् ।
     
    कलाकार किरण केसीले यसअघि आफूले कुनै पनि पार्टी र उम्मेदवारलाई भोट नमागेको सुनाउँदै रविलाई जनताले जिताउन अपरिहार्य ठानेर अपिल गर्न चितवन पुगेको बताए ।
     
    उनले देशमा परिवर्तनका लागि रविलाई जिताउनुको विकल्प नरहेको बताएका छन्।
     
    त्यस्तै चितवन पुगेका कलाकार निर्मल शर्माले पनि भावी सन्ततिलाई विकसित नेपालको बारेमा कथा सुनाउने हो भने घण्टीलाई भोट हाल्नुपर्ने तर्क गरे। 


    बिहिवार, मंसिर १ २०७९०५:०६:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij