Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नागरिकता विवाद झिकेर फसाउन खोजियो, संसद छिरेपछी ब्याण्ड बजाउछु - रवि लामिछाने

नागरिकता विवाद झिकेर फसाउन खोजियो, संसद छिरेपछी ब्याण्ड बजाउछु - रवि लामिछाने

  • बिहिवार, मंसिर १ २०७९

  • 740
    SHARES

  • नागरिकता विवाद झिकेर फसाउन खोजियो, संसद छिरेपछी ब्याण्ड बजाउछु -  रवि लामिछाने

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो नागरिकता विवाद झिकेर फसाउन खोजेको बताएउनु भएको छ ।

    चितवनको नारायणी किनारमा आज आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै लामिछानेले अन्य फसाउने कुनै आधार नभेटेपछी नागरिकताको झुटो विवाद निकालेर फसाउन खोजेको बताउनु भएको हो ।

    लामिछानेले आँफु पनि केही नगर्ने र अरुले केही गर्छु भन्नेसँग पनि सधैं जवाफ खोज्ने गरेको बताउँनु भयो ।

    उहाँले चितवनले व्यक्तिलाई मात्रै नभएर देशलाई नै न्याय गर्ने भएकोले आफूलाई चितवनकै जनताको मतले जोगाउन सक्ने बताउनु भयो ।

    उहाँले आफूले हिजोका दिनदेखि नै सबैको कानमा घण्टी बजाइरहेकोले गर्दा अभिमन्यूको नियति भोग्नुपरेको बताउँदै अब भने जनताको मत प्राप्त गरेपछि ब्याण्ड नै बजाउने बताउनु भयो ।

    लामिछानेले नागरिकता विवादतर्फ इंगित गर्दै आफूलाई कुनै दिन जीवित रहेको प्रमाण पनि पेस गर्न लगाउन सक्ने बताउनुभयो ।

    उहाँले नेपाली नागरिकको दुस्खलाई सम्बोधन गर्नकै लागि यो अभियान सुरु गरेको बताउँदै मंसिर ४ मा घण्टी चिह्नलाई मतदान गरी सहयोग गर्न आग्रह गद आफ्नो पार्टीले चुनाव नजिते देश फेरि पनि भ्रष्टाचार र बेथितिको जालोमा पर्ने दाबीसमेत गरे ।


    बिहिवार, मंसिर १ २०७९०७:३२:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij