Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आमनिर्वाचन २०७९ : सातलाख बढी मतदाताहरूले उपत्यका छाड्ने

आमनिर्वाचन २०७९ : सातलाख बढी मतदाताहरूले उपत्यका छाड्ने

  • शुक्रवार, मंसिर २ २०७९

  • 431
    SHARES

  • आमनिर्वाचन २०७९ : सातलाख बढी मतदाताहरूले उपत्यका छाड्ने

    काठमाडौं । आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन, २०७९ का लागि ७ लाख बढी मतदाताहरूले उपत्यका छाड्ने भएका छन् ।

    निर्वाचनमा भोट हाल्नकै लागि विभिन्न जिल्ला तथा क्षेत्रबाट काठमाडौं आएका मतदाताहरू आ–आफ्नै क्षेत्रमा फर्किने भएका हुन् ।

    यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार शुक्रबारसम्ममा करिब ६ लाख यात्रुहरूले उपत्यका छाडेका छन् । दशैं–तिहार लगत्तै निर्वाचनको चहलपहल सुरु भएपनि कात्तिक २५ गतेदेखि मतदाताहरूले उपत्यका छाड्न थालेकोमा मंसिर ३ गतेसम्म यस्तो संख्या ७ लाख पुग्ने देखिएको यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो ।

    सिटौलाका अनुसार चुनावकै लागि विभिन्न पार्टीहरूले र व्यक्तिगत खर्चमा समेत गाडी रिजर्भ गरेर मतदाताहरूलाई जिल्ला जिल्लामा र स्थानीय निर्वाचन क्षेत्रमा लैजाने काम भइरहेको छ । जसका कारण पछिल्ला दिनहरुमा सरदर दैनिक सञ्चालन हुने गाडीहरूको तुलनामा ५० प्रतिशत बढीले माग बढेको र साहीअनुसार गाडीहरू सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।

    खासगरी चुनावका लागि उपत्यका भित्रका भन्दा लामा रुटका गाडीहरूको प्रयोग बढी भइरहेको उहाँको भनाइ छ । चुनावमा प्रयोग भएको गाडीको एकिन तथ्याङ्क नभएपनि अधिकांश रुटका गाडी र निजी गाडीहरुको समेत प्रयोग भइरहेको उहाँको भनाइ छ ।

    उसो त चुनावकै मुखमा दैनिकजसो ६० हजार हारहारीमा यात्रुहरूले सडकमार्ग हुँदै उपत्यका छाडिरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । गत बुधबार एकैदिन ५८ हजार २९४ जना यात्रुहरूले उपत्यका छाडेकोमा बिहीबार ५५ हजार १४७ जना र शुक्रबार मात्र १ लाख हाराहारीमा यात्रुहरूले उपत्यका छाडेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

    शनिबार उपत्यका छाड्ने यात्रुहरू थप बढ्न सक्ने ट्राफिक प्रहरीको अनुमान छ ।


    शुक्रवार, मंसिर २ २०७९०१:५२:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij