Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पाकिस्तानमा भ्यान दुर्घटना, २० जनाको मृत्यु

पाकिस्तानमा भ्यान दुर्घटना, २० जनाको मृत्यु

  • शुक्रवार, मंसिर २ २०७९

  • 553
    SHARES

  • पाकिस्तानमा भ्यान दुर्घटना, २० जनाको मृत्यु

    काठमाडौं । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बिहीबार राति एउटा यात्रुबाहक भ्यान सडकबाट केही तल पानीको खाल्डोमा खस्दा २० जनाको मृत्यु भएको छ ।

    घटनामा अन्य १३ जना घाइते भएका छन् । प्रान्तको सेहवान क्षेत्रमा भ्यान मुख्य राजमार्गबाट चिप्लिएर दुर्घटना हुन पुगेको थियो । अधिकारीहरूले दुई महिनाअघि बाढीको निकासका लागि उक्त क्षेत्रमा भ्यान खसेको ठाउँसहित कैयौँ खाडलहरू निर्माण गरेका थिए ।

    बाढीको समयमा राजमार्ग बन्द रहेको थियो र हालसालै यस क्षेत्रबाट बाढीको पानी घट्न थालेपछि यातायातका लागि खोलिएको थियो । दुर्घटना भएको राजमार्गको केही भाग सीमित रहेको र सडकमा डाइभर्सन गरिएको भए पनि तीव्र गतिका कारण गति नियन्त्रणका लागि राखिएको अवरोध नदेख्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    महिला र बालबालिकासहित घाइतेलाई नजिकैको अस्पतालमा लगिएको र तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । मृतक र घाइतेहरू सेहवानको एक धार्मिकस्थल जान हिँडेका बताइएको छ ।


    शुक्रवार, मंसिर २ २०७९०२:०८:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij