Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

निर्वाचन आउन दुई दिन बाँकी रहँदा उपत्यकाबाट बाहिरिनेको संख्यामा वृद्धि (खास खबर)

निर्वाचन आउन दुई दिन बाँकी रहँदा उपत्यकाबाट बाहिरिनेको संख्यामा वृद्धि (खास खबर)

  • शुक्रवार, मंसिर २ २०७९

  • 387
    SHARES

  • निर्वाचन आउन दुई दिन बाँकी रहँदा उपत्यकाबाट बाहिरिनेको संख्यामा वृद्धि (खास खबर)

    काठमाडौं।
    यतिबेला सिंगो देश नै निर्वाचनमय बनेको छ । हरेक ५÷५ वर्षमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन यसपटक मंसिर ४ अर्थात् आगामी आइतबार हुँदैछ । त्यो मंसिर ४ अर्थात निर्वाचनको दिन आउन भोली १ दिन मात्रै बाँकी छ । पर्सि अर्थात आईतबार हुने यो निर्वाचनका लागी गएराति देखि स्थीर समय समेत सुरु भैसकेको छ ।

    यो समयमा मतदाता, उम्मेदवार, राजनीतिक दल, दलका नेता कार्यकर्ताहरुले कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षका गतिविधि गरे त्यसलाई निर्वाचन आचारसंहिता विपरित मानिन्छ, त्यति मात्रै नभइ त्यस्ता गतिविधि गर्नेहरुलाई आयोगले कारबाही समेत गर्छ ।

    निर्वाचन नजिकिएसँगै यता अहिले काठमाडौ उपत्यका जस्ता ठुला शहर लगायतमा कार्यक्षेत्र रहेका मतदाताहरु आ आफ्नो मतदान केन्द्रतर्फ जाने क्रम पनि बढेको छ । खास गरेर काठमाडौं उपत्यका छाड्नेको संख्या सामान्य अवस्थाको तुलनामा उल्लेख्य बढेको छ । अहिले दैनिकजसो ५५ देखि ६०, हजार मतदाताहरुले काठमाडौ छाड्ने गरेका छन् ।

    यसपटक कुल ७ लाख बढीले काठमाडौं उपत्यका छाड्ने अनुमान गरिएको छ । यसको व्यवस्थापनलाई सहजीकरण गर्नका लागि काठमाडौं उपत्यकामा थप सुरक्षाकर्मीसहित सवारी साधन पनि थप भएका छन्।

    सामान्य अवस्थामा भन्दा पनि कात्तिक २२ गतेपछि काठमाडौं उपत्यका छाड्ने सख्या बढेपछि सवारी थप गरिएको यातायात व्यवसायी महासंघ बताएको छ । अनि यो क्रम भोलीसम्म कायम रहने अनुमान गरेको महासंघका अध्यक्ष विजय स्वाँर बताउनुहुन्छ ।

    यता, अहिले दैनिकजसो ५५ देखि ६०, हजार मतदाताहरुले काठमाडौं छाड्ने गरेकोले काठमाडांैका बसपार्क, कोटेश्वर, कलंकीलगायतका क्षेत्रमा मानिसहरुको चाप बढेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरीका अनुसार काठमाडौंका बसपार्क, कोटेश्वर, कलंकी लगायतका क्षेत्रमा मानिसहरुको चाप बढेको छ । खास आज अबेरसम्ममा काठमाडौं छाड्ने मतदाताहरुको संख्या कायम रहने र आजैदेखि यो चाप क्रमशः घट्ने अनुमान छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्ट ।

    खास गरेर हरेक ५ वर्षमा हुने निर्वाचनलाई आम मतदाताहरुले पर्वकै रुपमा समेत लिने गर्दछन् । अनि आम राजनैतिक दलहरुले पनि आफ्ना आफ्ना मतदाताहरुलाई लैजान र ल्याउन सवारीको प्रयोग समेत गर्ने गर्दछन् ।

    यसमा क्षमताभन्दा बढी यात्रु चढाउने प्रचलनले सवारी दुर्घटनाको जोखिम समेत बढ्ने गर्दछ यसतर्फ आम सर्वसाधरण सचेत रहन आवश्यक छ भने, निर्वाचनलाई भयरहित, निष्पक्ष, स्वच्छ र स्वतन्त्र तथा मितव्ययी बनाउन सबै लाग्नुपर्छ अनि आम मतदातालाई प्रशस्त मतदाता शिक्षासहित दबाबरहित मतदान गर्ने वातावरण सिर्जना गर्न पनि लाग्नुपर्दछ ।


    शुक्रवार, मंसिर २ २०७९०८:४३:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij