Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सोलुखुम्बुमा सुतेकै ठाउँमा मृत भेटिए मतदान अधिकृत

सोलुखुम्बुमा सुतेकै ठाउँमा मृत भेटिए मतदान अधिकृत

  • शनिवार, मंसिर ३ २०७९

  • 391
    SHARES

  • सोलुखुम्बुमा सुतेकै ठाउँमा मृत भेटिए मतदान अधिकृत

    काठमाडौं । सोलुखुम्बुमा एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन् ।

    जिल्लाको नेचासल्यान गाउँपालिका ४ स्थित फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय आज बिहान सुतेकै ठाउँमा मृत भेटिएका प्रहरीले बताएको छ ।

    जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी सुनिलजङ्ग शाहका अनुसार मतदान केन्द्रमै सुतेका रायलाई बिहान ४ बजे अन्य कर्मचारीले उठाउन जाँदा ओछ्यानमै मृत फेला पारेका थिए ।

    घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको कमान्डमा प्रहरी घटनास्थलमा खटिएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको छ ।


    शनिवार, मंसिर ३ २०७९०१:१५:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij