Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन

भोट हाल्न उपत्यका छाड्नेको घुइँचो, तीन दिनमा १ लाख ७८ हजार ५८४ यात्रु बाहिरिए

भोट हाल्न उपत्यका छाड्नेको घुइँचो, तीन दिनमा १ लाख ७८ हजार ५८४ यात्रु बाहिरिए

  • शनिवार, मंसिर ३ २०७९

  • 606
    SHARES

  • भोट हाल्न उपत्यका छाड्नेको घुइँचो, तीन दिनमा १ लाख ७८ हजार ५८४ यात्रु बाहिरिए
    काठमाडौं । निर्वाचनको लागी एक दिन मात्र बाँकी रहँदा दलहरूले गाडी नै रिजर्भ गरी मतदाता ओसार्दै छन्। आ–आफ्ना जिल्लामा मतदाताहरूलाई लैजान दलहरूबीच प्रतिस्पर्धा नै चलेको छ ।
     
    राजधानी बाहिर जानका लागि विभिन्न नाकामा मतदाताको घुइँचो देखिएको छ।निर्वाचनका लागि शनिबार(आज) बिहानसम्म काठमाडौं उपत्यकाबाट १ लाख ७८ हजार ५३४ जना यात्रु बाहिरिएका छन् ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार हिजो र आज बिहानसम्म ९ हजार २१७ सवारीमा ६५ हजार १४३ जना यात्रु बाहिरिएका हुन् ।
     
    अधिकांश यात्रुहरू रिजर्भ गाडीमा गएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले बताउनुभयो । उहाँका अनुसार शनिबार साँझसम्म मतदानका लागि यात्रु बाहिरिने छन् । कोटेश्वर, गौशाला, चाबहिल, गोंगबु र कलंकी लगायत स्थानमा विभिन्न जिल्ला जाने यात्रुको भीड छ ।
     
    अघिपछि उपत्यका भित्रिने र बाहिरिने यात्रुको संख्या उस्तै भए पनि अहिले भित्रिने भन्दा बाहिरिने यात्रुको संख्या धेरै रहेको एसएसपी भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार ७ हजार ७०९ सवारीमा ५५ हजार १४७ यात्रुले उपत्यका छाडेका थिए । बिहीबारदेखि शुक्रबार बिहानसम्म ८ हजार सवारीमा ५८ हजार २९४ यात्रु बाहिरिएका छन् ।
     
    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरका अनुसार विभिन्न पार्टीका उम्मेदवारले आआफ्नो हिसाबले गाडी रिजर्भ गरेर मतदाता लगिरहेका छन् । महासंघका अनुसार स्थानीय तहको चुनावमा करिब १० लाख हाराहारी यात्रु बाहिरिएका थिए । अहिले भने तिहारमा गएका यात्रु कमै फर्किएका र विद्यार्थी लगायत सर्वसाधारण फेरि भोट हाल्न आआफ्नो जिल्ला गएको उहाँको भनाइ छ । गाडी समयमै नपुग्ने ठाउँमा जहाज र हेलिकप्टरमार्फत पनि उम्मेदवारले मतदाता लगिरहेको अध्यक्ष स्वाँरले बताउनुभयो ।
     


    शनिवार, मंसिर ३ २०७९०२:३५:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij