काठमाडौं। निर्वाचन आयोगले केन्द्रको पूर्वसहमति नलिईकन कुनै पनि स्थानको मतदान स्थगित नगर्न मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ । छिटफुट अवरोधको अस्थामा समेत मतदान अधिकृतहरुले केही स्थानमा मतदान स्थगित गर्ने थालेपछि आयोगले केन्द्रमा जानकारी नदिई स्थगन नगर्ने भनेको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाकाअनुसार आइतबार ५ बजेसम्म मतदानको समय तोकिएकाले त्यो अवधिभित्र स्थगन नगर्न भनिएको छ । कुनै पनि स्थानमा स्थगन गर्नेपर्ने स्थिति आए आयोगको पूर्वसहमति लिनुपर्ने उहाँले जानकारी दिनुभयो।
अहिलेकोसम्म करिब एक दर्जन भन्दा बढी स्थानमा मतदान स्थगित भएको छ । कतै स्थगित भएका स्थानमा पुनः मतदान सूचारु भइसकेको छ ।