Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु

वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु

  • मंगलवार, भाद्र २३ २०७७

  • 783
    SHARES

  • वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु

    २३ भदौ, वीरगञ्ज । वीरगञ्जमा थप एकजना कोरोना संक्रमित पुरुषको गएराति मृत्यु भएको छ ।

    वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचाररत महागढीमाई नगरपालिका–१० का ६० वर्षीय पुरुषको गएराति १० बजेर ५ मिनेटमा मृत्यु भएको हो ।
    उनको स्वाब गत साउन १४ गते संकलन गरिएको र सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि साउन १४ गतेदेखि नै उनी अस्पताल भर्ना भएर उपचार गराउँदै आएका थिए ।

    ती पुरुषमा कोरोना संक्रमणका साथै टाइप टु डायबिटिज लगायतको समस्या पनि रहेको अस्पतालले जनाएको छ ।

     


    मंगलवार, भाद्र २३ २०७७०८:११:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij