Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

विश्वकप फुटबल : कतारलाई इतिहास रच्ने मौका

विश्वकप फुटबल : कतारलाई इतिहास रच्ने मौका

  • आइतवार, मंसिर ४ २०७९

  • 572
    SHARES

  • विश्वकप फुटबल : कतारलाई इतिहास रच्ने मौका

    काठमाडौं । वर्षौंको तयारीपछि कतारले आफ्नै फ्यानहरूले घेरिएको घरेलु भूमिमा फिफा विश्वकपमा आफ्नो पहिलो खेल खेल्दैछ।

    जित निकाले कतारले विश्वकपमा पहिलो जित हात पार्दै इतिहास रच्नेछ। कतार एएफसी एसियन कप २०१९ च्याम्पियन पनि हो। वर्षौंको तयारीका बावजुद इक्वेडरविरुद्ध खेल्नु उनीहरुका लागि नयाँ चुनौती हुनेछ।

    इक्वेडरले अघिल्लो तीन संस्करणहरूमा भाग लिएको थियो। २००६ मा समूह चरण पार गरेको इक्वेइडर यस पटक अझ राम्रो प्रदर्शनको आसामा छ।

    मिति र समय

    ४ मंसिर, राति ९ः४५ बजे

    स्थान
    अल बेत स्टेडियम, अल खोर

    कतारः साद अलशीब, बोउलेम खाउखी, बसम अलरावी, अब्देलकरिम हसन, पेड्रो मिगुएल, अब्दुलअजीज हातम, हसन अलहायडोस, करिम बौदियाफ, होमाम अहमद, अल्मोज अली, अक्रम अफिफ

    इक्वेडरः अलेक्ज्याण्डर डोमिन्गुएज, रोबर्ट अर्बोलेडा, फेलिक्स टोरेस, पिएरो हिनकापी, पर्भिस इस्टुपिनान, जेगसन मेन्डेज, मोइसेस काइसेडो, गोन्जालो प्लाटा, जोसे सिफुएन्टेस, रोमारियो इबारा, एनर भ्यालेन्सिया

    हेड टु हेड

    कतारले यसअघि तीन पटक इक्वेडरसँग मैत्रीपूर्ण खेल खेलेको थियो। सन् १९९६ मा पहिलो खेल १(१ र दोस्रो खेलमा २(१ गोलको बराबरी खेलेको थियो। २०१८ मा भएको तेस्रो खेलमा कतारले ४–३ ले जित्यो।

    खेल तथ्य

    यसअघिका २१ विश्वकपमध्ये १३ मा आयोजकले सेमिफाइनलमा स्थान बनाएको छ।

    कतारले फाइनलमा जापानलाई ३-१ ले हराएर २०१९ मा भएको आफ्नो पहिलो ठूलो महादेशीय प्रतियोगिता एसियन कप जितेको थियो।
    इक्वेडरले आफ्नो चौथो विश्वकपमा प्रतिस्पर्धा गर्नेछ (उनीहरूले यसअघि २००२, २००६ र २०१४ मा भाग लिएका थिए, यद्यपी यो पहिलो पटक हो कि उनीहरूको उद्घाटन खेल युरोप बाहिरको टोली समावेश हुनेछ।

    इक्वेडरको अहिलेसम्मको उत्कृष्ट नतिजा सन् २००६ मा थियो, उनीहरूले राउन्ड अफ १६ मा पुगेका थिए।


    आइतवार, मंसिर ४ २०७९०२:५८:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij