Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मुस्ताङमा कांग्रेसको अग्रता, एमालेले पछ्याउँदै

मुस्ताङमा कांग्रेसको अग्रता, एमालेले पछ्याउँदै

  • सोमवार, मंसिर ५ २०७९

  • 730
    SHARES

  • मुस्ताङमा कांग्रेसको अग्रता, एमालेले  पछ्याउँदै

    काठमाडौं । मुस्ताङमा नेपाली कांग्रेसले थप अग्रता बढाएको छ । ३ हजार ७७९ मतगणना हुँदा नेपाली कांग्रेस उम्मेदवार योगेश गौचन थकालीले २,०३५ मत प्राप्त गर्दा एमाले उम्मेदवार प्रेमप्रसाद तुलाचनले १,६५७ मत पाउनुभएको छ ।

    यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुदेश गुरुङले ४१ मत प्राप्त गरेका छन् । बदर मतको संख्या ४० छ ।

    सोमबार(आज) बिहान ३ बजेर ४५ मिनेटमा सुरु भएको मतगणना अहिले दुई स्थानमा जारी छ । कूल ३९ मतदान केन्द्र मध्ये अहिलेसम्म १९ वटा मतदान केन्द्रको मतगणना सम्पन्न भएको छ ।

    अहिलेसम्म लोमान्थाङ, मराङ, चिमाङ, लेते, छोसेर, सौरु, मार्फा, चराङ, फल्याक, ढाक्मर, स्याङ, घाँसा र छोनुपको मतगणना सम्पन्न भएको छ । यस्तै, घमी, छैरो, नेफुक, ठिनी, घिलिङ र साङ्ता मतदान केन्द्रको पनि मतगणना पनि सकिएको छ ।

    अब कूल खसेको मतको करिव ३,४५० मत गणना हुन बाँकी छ । मुस्ताङमा १० हजार ९५७ जना मतदाता रहेकोमा ७ हजार २३० मत खसेको थियो ।


    सोमवार, मंसिर ५ २०७९१०:३०:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij